पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १७ जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 24 September 2020

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १७ जनाको मृत्यु


काठमाडौँ, ८ असाेज : 
पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट ११ हजार ४ सय ४९ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ४ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म ९ लाख ५५ हजार ९ सय २३ जनाको पीसीआर परीक्षण गरिएकोमा ६९ हजार ३ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा काठमाडौँमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ गरी काठमाडौँ उपत्यकामा ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट आज ५ महिला र १२ पुरुष गरी १७ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ४५३ पुगेको छ । आज काठमाडौँमा ४ जना, धनुषा र भक्तपुरमा दुई दुई जना, झापा, मोरङ, सुनसरी, रौतहट, धादिङ्ग, तनहुँ, दाङ, कपिलवस्तु र नवलपरासीमा एक एक जनाको निधान भएको हो । स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप ४ सय ५७ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज ४ सय ५७ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ । 

मन्त्रालयका अनुसार देशभर २३२ जनाको आइसियुमा र २८ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा १८ हजार ४ सय ३७ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ६ हजार ५ सय ६५ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.