पछिल्लो २४ घण्टामा थप ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १८९३ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किए - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 23 September 2020

पछिल्लो २४ घण्टामा थप ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १८९३ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किए


काठमाडौँ, ७ असाेज : पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७२ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट ९ हजार ४ सय ४९ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार १ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म ९ लाख ४४ हजार ४ सय ७४ जनाको पीसीआर परीक्षण गरिएकोमा ६७ हजार ८ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा काठमाडौँमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० गरी काठमाडौँ उपत्यकामा ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

आज कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट आज १ महिला र ६ पुरुष गरी ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप १ हजार ८ सय ९३ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज १ हजार ८ सय ९३ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ । 

मन्त्रालयका अनुसार देशभर २२० जनाको आइसियुमा र ४३ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा १७ हजार ४ सय १४ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ७ हजार १ सय ४ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.