पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, ८२३ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किए - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 22 September 2020

पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, ८२३ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किए


काठमाडौँ, ६ असाेज :
पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । 
   
पछिल्लो २४ घण्टामा देशभरबाट ११ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ३ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म ९ लाख ३४ हजार ९ सय ७७ जनाको पीसीआर परीक्षण गरिएकोमा ६६ हजार ६ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा काठमाडौँमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ गरी काठमाडौँ उपत्यकामा ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट आज काठमाडौँमा १ महिला र काभ्रेपलाञ्चोकमा १ पुरुष गरी २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप आठ सय २३ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज आठ सय २३ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ४८ हजार ६१ पुगेको छ । 

मन्त्रालयका अनुसार देशभर २२३ जनाको आइसियुमा र ३७ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा १८ हजार १ सय ४२ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ७ हजार १ सय ७१ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.