पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १६ जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 21 September 2020

पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १६ जनाको मृत्यु


काठमाडौँ, ५ असाेज :
पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार पाँच जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।  
पछिल्लो २४ घण्टामा देशभरबाट ९ हजार ५ सय ३३ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार १ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि भएको संक्रमितमध्ये ४१८ जना महिला र ७३६ जना पुरुष छन् । नेपालमा हालसम्म ९ लाख २३ हजार ८ सय २३ जनाको पीसीआर परीक्षण गरिएकोमा ६५ हजार २ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा काठमाडौँमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ गरी काठमाडौँ उपत्यकामा ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज कोरोना भाइरसको संक्रमणबाट १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट आज ३ महिला र १३ पुरुष गरी १६ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र बाँकेमा दुई दुई जनाको निधन भएको छ भने झापा, सुनसरी, पर्सा, चितवन, दोलखा र रुपन्देहीमा एक एक जनाकोे निधन भएको छ । स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप १ हजार पाँच जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज १ हजार पाँच जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ । 

मन्त्रालयका अनुसार देशभर १९६ जनाको आइसियुमा र ३१ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा १७ हजार ६ सय ११ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ७ हजार ४ सय ३ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.