पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १० जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 27 September 2020

पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १० जनाको मृत्यु


काठमाडौँ, ११ असाेज : पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट १० हजार १ सय २३ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ५ सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म ९ लाख ८८ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गरिएकोमा ७३ हजार ३ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा काठमाडौँमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ गरी काठमाडौँ उपत्यकामा ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट आज १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप ८ सय ८५ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज ८ सय ८५ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ । 

मन्त्रालयका अनुसार देशभर २२५ जनाको आइसियुमा र ३३ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा १९ हजार १९ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ६ हजार २ सय ८१ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.