सात लाख मूल्यको औषधि बरामद - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 1 September 2020

सात लाख मूल्यको औषधि बरामद

बनियानी, १६ भदौ : झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गबाट प्र्रहरीले करिब रु सात लाख मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ । भन्सार छलेर ल्याउँदै गरिएको अवस्थामा प्रहरीले उक्त मूल्य बराबरको ओरियन्स कम्पनीको ३०७ बट्टा औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार दिउँसो दुई वटा मोटरसाइकल र एउटा स्कुटरमा सवार गरी आएका छ जना मानिसलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा सो मूल्य बराबरको औषधि बरामद गरेको हो ।

बरामद गरिएको औषधि, मानिस तथा सवारी साधन आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाएको उहाँले बताउनुभयो । यसअघि प्रहरीले अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा मेचीनगरबाट करिब रु २० लाख बराबरको ओरियन्स कम्पनीकै विभिन्न नामका औषधिसमेत बरामद गरेको थियो । (रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.