स्याङ्जाको छुट्टा छुट्टै पहिरोमा १० जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 24 September 2020

स्याङ्जाको छुट्टा छुट्टै पहिरोमा १० जनाको मृत्यु


स्याङ्जा, ८ असाेज :
अबिरल वर्षाको कारण स्याङ्जाको बिभिन्न स्थानमा पहिरो जाँदा १० जनाको ज्यान गएको छ ।

वालिङ – तमादीमा गएको पहिरोमा ९ जनाको ज्यान गएको छ भने कालिगण्डकी ४ दलित टोलमा एक जनाको ज्यान गएको छ ।

आज बिहान ६ बजे घरमाथिबाट खसेको पहिरोले वालिङ १४ तमादीका एकै घरका ८ जना र एक जना पाहुना सहित ९ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

मृत्यु हुनेमा २८ वर्षीया उमकला नेपाली (पाहुना) , ४८ वर्षीया माया नेपाली , ६० वर्षीया सेनी नेपाली , ३० वर्षीय दिपक नेपाली , ९ वर्षीय दिवस नेपाली , १४ वर्षीय बिक्रम नेपाली , २१ वर्षीय कुलदीप नेपाली, १९ वर्षीय विनीता नेपाली र ६ महिने बच्चा सहित ९ जनाको ज्यान गएको हो ।

सोही पहिरोमा घाइते भएकी १६ वर्षीया मनिषा नेपालीलाई उपचारको लागि गण्डकी मेडीकल कलेज पोखरा पठाइएको छ ।

यसैगरी, स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा गएराति पहिरो जाँदा २ घर पुरिएको छ । कालिगण्डकी-४, गौतम टोलमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा १६ वर्षीय विष्णु बहादुर दमै को मृत्यु भएको हो ।

२ दिनदेखिको लगातार वर्षासँगै राति करिव ३ बजे आएको पहिरोले बाबुराम दमै र जगतबहादुर नेपालीको घर पुरिएको हो ।

पहिरोको जोखिममा रहेको कारण उक्त घर संरक्षण गर्न उठाइएको मेशिनरी वालनै अविरल वर्षाको कारण पहिरोले पल्टिन गई घर पूर्ण रुपमा क्षति भएको छ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.