पहिरोले मेची राजमार्ग अवरुद्ध - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 1 September 2020

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम, १६ भदौ : गए रातिको भिषण वर्षापछि पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ ।

इलामको रोङ गाउँपालिका कोलबुङ खण्डमा पहिरोले सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा सयौं यातायातका साधन अलपत्र परेका थिए ।
गाउँ पालिकाको पहलमा डोजर लगाएर पहिरो हटाउने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष शमशेर राईले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि पाँचथरबाट उपचारका लागि एम्बुलेन्समा झापातर्फ लाँदै गरेका एक बालकको मृत्यु भएको छ ।
समयमै अस्पताल नपुगेकाले उनको मृत्यु भएको जनाइएको छ ।

यता रोङ ६ बन्सुवा निवासी बल बहादुर राईको घर पहिरोले बगाएको छ । उनको परिवार बेलुकै स्थान्तरण भएको ले सुरक्षित रहेको गाउँपालिकाले जनाएको छ ।

मेची राजमार्गसहित अन्य भागमा समेत पहिरोले क्षति पुर्‍याएकाले क्षतिको विवरण आउन बाँकी रहेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.