काठमाडाैँमा शर्तसहित यातायात र व्यापार क्षेत्र खुला - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 9 September 2020

काठमाडाैँमा शर्तसहित यातायात र व्यापार क्षेत्र खुला

काठमाडाैँ, २४ भदौ : काठमाडाैँमा शर्तसहित यातायात र व्यापार क्षेत्र खुला हुने भएका छन् ।

काठमाडाैँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले मापदण्ड बनाएर यातायात, पसल सञ्चालन गर्न दिइने तर अन्य क्षेत्रको निषेधाज्ञा ३१ गतेसम्म थप्ने निर्णय गरेको हो ।

अब काठमाण्डौमा जोर बिजोरको आधारमा निजी र सार्वजनिक गाडी चलाउन पाइनेछ । १६ सिटभन्दा धेरै क्षमताका गाडीमा आधा क्षमतामा मात्रै यात्रु राख्न पाइनेछ, ट्याक्सीमा बढीमा तीन जना मात्रै राख्न पाइनेछ । मालवाहक गाडीमा भने जोर बिजाेर लागू हुने छैन ।

यस्तै दूध, तरकारी फलफुललगायतका पसल बिहान ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइनेछ । निर्माण सामग्री बेच्ने पसल दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म, होम डेलिभरी सेवा १२ बजेदेखि ७ बजेसम्म, सहकारी संस्था ११ बजेदेखि ३ बजेसम्म खाेल्न पाइनेछ ।

त्यस्तै शपिङ मल, कपडा, जुत्ता तथा कस्मेटिक पसल सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

भाँडा, भान्साजन्य र अन्य पसल आइतबार, मङ्गलबार र शुक्रबार मात्रै खोल्न पाइनेछ । फर्निचर र अटो सोमबार र बुधबार खुल्ने छन् । फुटपाथ पसल बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । 

ग्यारेज बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ भने ठूला उद्योगले कामदारलाई उद्योग परिसरमै क्याम्पमा राख्नुपर्नेछ । तर जमघट गर्न पाइने छैन ।

धार्मिक स्थल जस्तै:- मठमन्दिर, गुम्बा, मस्जिद, चर्च खुल्ने छैनन् ।

शैक्षिक संस्था, जिमखाना, खेलकुद, पार्टी प्यालेस, फिल्म हल, पुस्तकालय, सङ्ग्रहालयलगायतका क्षेत्र भने बन्द नै रहने छन् । 

यस्ता छन् शर्तहरु–

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.