झापा कारागारबाट १३ जना कैदी बन्दी रिहा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 September 2020

झापा कारागारबाट १३ जना कैदी बन्दी रिहा

सुरुङ्गा, ४ असोज : झापा कारागार भद्रपुरबाट १३ जना कैदी बन्दी रिहा भएका छन् ।

कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु मध्येबाट झापा कारागारबाट १३ जनालाई संविधान दिवसको अवसरमा सरकारले माफी मिनाहा दिएसँगै उनीहरूलाई शनिवार रिहा गरिएको कारागार प्रशासनले जनाएको छ ।

माफी मिनाहा पाई रिहा भएकाहरू शान्तिराम भट्टराई, रामु भन्ने राम दर्जी, अनिल कटवाल, राजु सेर्मा लिम्बू, लोदे सोरेन, अनीश प्रसाईँ, द्रोणाचार्य सङ्ग्रौला, इन्द्र राजवंशी, रोशन खड्का, टेकनाथ चौधरी, कृष्ण महतो, राजकुमार ऋषिदेव र हरिभक्त सङ्ग्रौला रहेको जनाइएको छ ।

कानुनले सिफारिस गर्न नमिल्ने भनी तोकिएको मुद्दा बाहेक असल चालचलन भई ५० प्रतिशत कैद भूत्तान गरेका कैदी बन्दीले माफी मिनाहा पाएको कारागारका जेलर राजेन्द्र गौतमले बताउनुभयो ।

झापा कारागारबाट १९ जनाको नाम सिफारिस गरी पठाएकोमा मन्त्री परिषद्को निर्णयले राष्ट्रपतिबाट १३ जनाको नाम स्वीकृत भएर आएको उहाँको भनाई छ ।

संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम संलग्न विवरण अनुसारका कैदीहरूलाई बाँकी कैद छोट्टाइ माफी मिनाहा दिने निर्णय भएको थियो ।

हाल कारागारमा एक हजार ७३ पुरुष र पाँच आश्रित नौ बालबालिकासहित ८१ जना महिला रहेका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.