अल्का अस्पतालमा कार्यरत गीता केसीको हत्या भतिजा निर्मलले गरेको स्वीकारे - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 8 September 2020

अल्का अस्पतालमा कार्यरत गीता केसीको हत्या भतिजा निर्मलले गरेको स्वीकारे

काठमाडौँ, २३ भदौ : ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको हत्या भतिजा निर्मल केसीले आफैले गरेको स्वीकार गरेका छन् । प्रहरी वृत चापागाउँका प्रमुख डिएसपी कृष्णराज ओझाले निर्मलले आफै गीताको हत्या गरेको स्वीकार गरेको जानकारी दिनुभयो । साथै उनीहरु बीच आर्थिक लेनदेन लगायत अरु सम्बन्ध बारे आरोपित निर्मलले मुख नखोलेको डिएसपी ओझाले बताउनुभयो ।

निजहरु घुम्न भनेर गएको र एक्कासि उनीहरु बीच झगडा भए पछि निर्मलले घाँटीमा सलले कसेर हत्या गरेको प्रहरीको अनुसन्धान पछि पत्ता लागेको हो । हत्या गरेको दिन ६ बजे नै बेलुका निर्मल घर फर्किएको अनुसन्धानबाट थाहाभएको छ । गीताको हत्याको बारेमा थप अनुसन्धान भईरहेको डिएसपी ओझाले जानकारी दिनुभयो ।

हत्याको आशङ्कामा निर्मललाई ललितपुरकोे भैँसीपाटी घरबाट प्रक्राउ गरेर अनुसन्धानको लागि चापागाउँ प्रहरी कार्यालय पठाइएको थियो । ३९ वर्षीया गीताको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जङ्गलमा भेटिएको थियो । उनको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको थियो । भदौ १७ गते भतिजा निर्मलसँग अफिस जान्छु भनेर हिँडेकी गीता राति अबेरसम्म घर नआएपछि अर्को दिन उहाँको परिवारले हराएको भनी प्रहरीमा निवेदन दिइएका थिए ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.