पचास वर्षमा वन्यजन्तु संख्या दुई तिहाइले घट्याे - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 10 September 2020

पचास वर्षमा वन्यजन्तु संख्या दुई तिहाइले घट्याे

काठमाडौं, २५ भदौ : पछिल्लो पचास वर्षमा वन्यजन्तुको जनसंख्या दुई तिहाइले कमी आएको छ । प्रकृति संरक्षणका लागि विश्वब्यापी संगठन विश्व वन्यजन्तु कोषले वन्यजन्तुको जनसंख्यामा भयावह रुपमा कमी आएपनि गतिविधि सुस्त हुने कुनै संकेत नदेखिएको जनाएको छ ।

बीबीसीका अनुसार विश्व वन्यजन्तु कोषले मानवबाट अहिले भइरहेको प्रकृति विनाश बिगत्मा कहिले नदेखिएको दरमा हुँदै आएको चेताबनी दिएको छ । विश्व वन्यजन्तु कोषकी कार्यकारी प्रमुख तान्या स्टिलेले भन्नुभयो, “हामीले वन क्षेत्रमा आगो लगाएका छौं, समुद्रका अत्याधिक माछा मारेका छौं, वन क्षेत्र नष्ट गरेका छौं जसले गर्दा वन्यजन्तु हवात्तै घटेको छ ।”

“हामी आफैं आफ्नो संसार ध्वस्त गर्न लागेका छौं, जसले हाम्रो स्वास्थ्य, सुरक्षा र बाँच्ने आधारलाई जोखिममा पुर्याउनेछ र प्रकृतिले आफ्नो सन्देश पठाइरहेको छ, अझै हामी सचेत भएनौ भने समय घर्किसकेको हुन्छ ।”– अध्ययनको प्रतिवेदन सार्वजनिक गर्दै उहाँले यस प्रकारको टिप्पणी गर्नुभयो ।

सन् १९७० यता २० हजारभन्दा बढी प्रजातिका स्तनधारी, चरा, उभयचर र सरिसृपमा ६८ प्रतिशतले कमी आएको छ ।
सन् २००० यता करिब १९ लाख वर्ग किलोमिटर जमीन समाप्त भएको छ । जुन बेलायतभन्दा आठ गुणा बढी हो । दश लाख वन्यजन्तु प्रजाति लोप हुने खतरामा छन् । एक अर्ब तीस करोड टन खाद्य वर्षेनी खेर जान्छ । जुन करिब एक खर्ब डलर बराबरको हुन आउँछ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.