पहिरोले पाइप बगाउँदा फुलिवनमा खानेपानीको हाहाकार - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 6 September 2020

पहिरोले पाइप बगाउँदा फुलिवनमा खानेपानीको हाहाकार

रोल्पा, २१ भदौ : रोल्पाको सुनछहरी गाउँपालिका–१ फुलिवनमा खानेपानीको हाहाकार भएको छ ।

पहिरोका कारण विस्थापितहरुलाई राखिएको एकिकृत बस्तीमा पुग्न बनाइएको नयाँ मोटरबाटोका कारण गएको पहिरोले खानेपानीको पाइप बगाएपछि फुलिवनमा खानेपानीको चरम समस्या भएको हो ।

खानेपानी नआएपछि अहिले फुलिवनका स्थानीय खोला र नहरको पानी खान बाध्य भएका हुन । वर्षा याममा पानीजन्य रोगको संक्रमण बढी हुने भएतापनि फुलिवनका स्थानीय भने दूषित पानी पिउन बाध्य भएका छन।

गतभदौको ५ गते गएको पहिरोले खानेपानीको पाइन बगाएपछि फुलिवनका करिब ३० घरधुरीले फोहोर पानी प्रयोग गर्नु परेको स्थानीय मोतिराम विकले गुनासो गर्नुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.