किशोरीलाई ललाइफकाइ भारत लैजाँदै गरेको आरोपमा ६ जना पक्राउ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 10 September 2020

किशोरीलाई ललाइफकाइ भारत लैजाँदै गरेको आरोपमा ६ जना पक्राउ

राैतहट, २५ भदौ : किशोरीलाई ललाइफकाइ भारत लैजाँदै गरेको आरोपमा ६ जना रौतहटबाट पक्राउ परेका छन् । 

दुई वटा मोटरसाइकलमा रहेका उनीहरुलाई प्रहरी चौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ता नेतृत्वमा गस्ती टोलीले परोहा नगरपालिका–७ बाट गएराति पक्राउ गरेको हो । 

बिआर ०५ डी ६०३८ र ना ६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेको अवस्थामा जाँच गर्दा शंका लागेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका-५ की यादव थरकी १८ वर्षकी किशोरीसहित मौलापुर नगरपालिका-८ का २० वर्षका अनिल पटेल, २० वर्षकै दीपेन्द्र पटेल, वडा नम्बर ५ मौलापुरका १९ वर्षका अरविन्द ठाकुर, २० वर्षका धनञ्जय तिवारी, १७ वर्षका दीपेश यादव र २२ वर्षका रामबालक पटेल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । 

उनीहरु सातै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको पनि शाहले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.