१६ किलो अफिम सहित तीन जना पक्राउ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 6 September 2020

१६ किलो अफिम सहित तीन जना पक्राउ

रुकुम पश्चिम, २१ भदौ : पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ९ का ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंह रहेको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा लागुऔषध कारोबार भैरहेको सूचनाका आधारमा आठबीसकोट नगरपालिकाको वडा नम्बर ५ जलिगाडमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुका साथबाट १६ किलो अफिम भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । यसबारे थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.