खाल्डोमा डुबेर एक बालकको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 19 September 2020

खाल्डोमा डुबेर एक बालकको मृत्यु

रौतहट, ३ असोज : मौलापुर नगरपालिकाअन्तर्गत वर्षाको पानी जमेको खाल्डोमा डुबेर एक बालकको भएको छ । सोही खाल्डोमा डुबेका अन्य दुई बालकको अवस्था गम्भिर रहेको छ । वडा नं ३ गमहरियाका रामप्रवेश यादवका छोरा वर्ष पाँचका रविविसको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक राकेश यादवले जानकारी दिनुभयो ।

संोही खाल्डोमा डुबेका छोटेलाल यादवका वर्ष छ का मेघनाथ यादव र वर्ष चारका अमित यादवको विरगंज स्थित अस्पतालमा उपचार भइरहेको छ । आज दिउसो तीनै बालक गमहरिया गाँउछेउ शहीद चोक नजिकै खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका थिए । स्थानिय र प्रहरीको सहयोगमा उद्धारगरी उपचारका लागि विरगंज लैजाने क्रममा एक बालकको बाटामै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.