खुदी खोलाको बाढीले कास्कीका दुई घर बगायो, १२ घर जोखिममा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 10 September 2020

खुदी खोलाको बाढीले कास्कीका दुई घर बगायो, १२ घर जोखिममा

काठमाडौं, २५ भदौ : अबिरल बर्षाका कारण कास्कीको खुदी खोलामा आएको बाढीले २ वटा कच्ची घर बगाएको छ भने अन्य १२ घर उच्च जोखिममा परेका छन् । 

लगातारको बर्षादका कारण पोखरा महानगरपालिका वडा नं ३२ खुदीखोलामा आएको बाढीले खोलाको नजिकै सुकुम्बासी बस्तीमा रहेको सुर्य बहादुर नेपाली र सन्तमाया मोक्तानको कच्ची घर बगाएको हो । मध्यरातको समयमा बाढी आएको भएपनि स्थानीयको सहयोगले घरबाहिर पुर्‍याउन सकिएकोले मानबीय क्षति भने हुन पाएन । 

खोलाको दुबैतर्फ धान खेती लगाइएको सयौं रोपनी जमिन कटान गरी खोलाले बगाएको छ । बाढीले पुल समेत बगाउँदा आवत जावतमा समेत समस्या भएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.