बिरिङ खोलाले बगाउँदा झापामा एक बालकको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 10 September 2020

बिरिङ खोलाले बगाउँदा झापामा एक बालकको मृत्यु

सुरुङ्गा, २५ भदौ : कनकाई नगरपालिका–९ स्थित बिरिङ खोलाले बगाउँदा एक बालकको बुधवार मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–९ स्थित घैलाडुब्बाका १५ वर्षीय गोविन्द साह छन् ।

बुधवार दिउँसो भैँसीलाई पानी खुवाउनका लागि खोलामा लगेको बेला उनलाई खोलाले बगाएको थियो ।

स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारार्थ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.