सुनको भाउ तोलामा १७ सय रुपैयाँ घट्यो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 22 September 2020

सुनको भाउ तोलामा १७ सय रुपैयाँ घट्यो


काठमाडाैँ, ६ असाेज : 
आज सुनचाँदीको भाउ घटेको छ ।

सुनको भाउ आज तोलामा एक हजार ७ सय रुपैयाँ घटेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँ थियो । नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

यस्तै चाँदी आज तोलामा ९० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार २ सय ३० रुपैयाँमा झरेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.