बलात्कारमा संलग्न रहेको आरोपमा दुई युवक पक्राउ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 5 September 2020

बलात्कारमा संलग्न रहेको आरोपमा दुई युवक पक्राउ

लहान, २० भदौ : एक युवतीलाई सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २१ वर्षीय दीपेन्द्र मुखिया र सोही ठाउँका २० वर्षीय दिनेश यादव रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सन्तकुमार जैसवालले जानकारी दिनुभयो । गत भदौ १३ गते २१ वर्षीया युवतीलाई मुखियालगायत पाँचजना युवकले सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि घटनामा संलग्न दुई पक्राउ गरेको र फरार तीन जनाको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक जैसवालले बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.