गण्डकीमा थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 September 2020

गण्डकीमा थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि

पर्वत, ४ असोज : गण्डकी प्रदेशका ३ जिल्लामा आज दिउँसो थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराले १ः३० बजे एक प्रेस विज्ञप्ती प्रकाशित गरी कास्की, लमजुङ र तनहुँमा सङ्क्रमित थप भएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार लमजुङको सुन्दरबजार नगरपालिकाका १५ जना , कास्कीको पोखरा महानगरपालिकामा १३ जना र तनहुँमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कास्की जिल्ला, पोखरा महानगरपालिक–७ का छ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ ।

तनहुँ जिल्लाका दुबै जना महिला जी.पी. कोईराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र, तनहुँमा उपचाररत हुनुहुन्छ भने अन्य सबै सङ्क्रमित कन्टयाक्ट ट्रेसिङबाट पहिचान हुनुभएको हो ।

सबै संक्रमित व्यक्तिहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार चार सय ३८ पुगेको छ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.