कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक वृद्धको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 7 September 2020

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक वृद्धको मृत्यु

सुनसरी, २२ भदौ : मोरङको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ ।

कोभिड–१९ उपचार केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज बिहान ३ः१५ बजे मृत्यु भएको हो । उनमा भदौ ११ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण देखिएपछि श्वासप्रश्वासमा समस्या भएका कारण थप उपचारका लागि गत शनिवार वृद्धलाई कोभिड उपचार केन्द्र विराटनगरमा ल्याइएको र उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

विराटनगरमा हालसम्म १५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.