पोखरामा कोरोना सङ्क्रमणका कारण एक महिलाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 9 September 2020

पोखरामा कोरोना सङ्क्रमणका कारण एक महिलाको मृत्यु

काठमाडौं, २४ भदौ : कास्कीमा कोरोना सङ्क्रमणका कारण थप एक जना महिलाको मृत्यु भएको छ । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण पोखरामा एक महिलाको मृत्यु भएको हाे । 

पोखरा महानगरपालिका वडा नं १० की ७३ वर्षीया महिलाको कोरोना भाइरसको सङ्क्रमण भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा.अर्जुन आचार्यले जानकारी दिनुभयो ।

हिजो अपरान्ह थप १ जनाको मृत्यु भएसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मात्रै कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणका कारण २१ जनाको मृत्यु भइसकेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.