कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 8 September 2020

कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु

चितवन, २३ भदौ : भरतपुर अस्पतालमा उपचाररत एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १ का ६४ वर्षीय वृद्धको मृत्यु भएको हो । 

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि खोकीसहित श्वासप्रश्वासमा समस्या भई भदौ १९ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आज साँझ ५ः३० बजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ । लामो समयदेखि मिगौलाको बिरामी भई डायलासिस गराउँदै आएका उनको अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटर उपचार गरिएको थियो । 

यससँगै जिल्लाका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । चितवनका १२, मकवानपुरका ५, नवलपरासी सुस्ता पूर्वका ३, बारा, गोर्खा र कैलालीका १÷१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।(रासस)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.