धुलिखेल अस्पतालमा थप एकको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 5 September 2020

धुलिखेल अस्पतालमा थप एकको मृत्यु

काभ्रे, २० भदौ : कोरोना सङक्रमणबाट धुलिखेल अस्पतालमा एक पुरुषको आज (शनिबार) बिहान मृत्यु भएको छ । 

महोत्तरी जिल्ला बर्दिवास नगरपालिका निवासी ७६ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक १५ दिनदेखि अस्पतालमा उपचाररत रहनुभएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.