पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना कोरोना भाइरसको संक्रमण मुक्त - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 8 September 2020

पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना कोरोना भाइरसको संक्रमण मुक्त

काठमाडौँ, २३ भदौ : पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार २ सय ८७ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै डिस्चार्ज हुनेको संख्या ३२ हजार ९ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज १० हजार ६ सय ११ जनाको पिसिआर परीक्षण गरिएकोमा ९ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । आज संक्रमति हुनेमा ३ सय ७ जना महिला र ५ सय ९५ जना पुरुष छन् । नेपालमा हालसम्म ७ लाख ८८ हजार १ सय ७४ जनाको पीसीआर परीक्षण गरिएकोमा ४८ हजार १ सय ३८ जनामा कोरोना भाइरस परीक्षणमा संक्रमित देखिएको न्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ गरी ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसवीचमा कोरोना भाइरसको संक्रमणबाट मन्त्रालयले दिएको जानकारी अनुसार १ जना महिला र ५ जना पुरुष गरी ६ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ । आज मृत्यु हुनेहरुमा काठमाडौँकी ८० वर्षिया एक महिला र ८५ वर्षिया एक पुरुष छन् । यस्तै सुनसरीका ७० वर्षिया एक पुरुष, पर्साका ५४ र ६० वर्षिया दुइ पुरुष  र कपिलवस्तुका ६२ वर्षिया एक पुरुष हुनुहुन्छ । मन्त्रालयले दिएको जानकारी अनुसार १ जना महिला र ५ जना पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा ६ जना, प्रदेश २ मा २४ जना, वागमती प्रदेशमा ८५ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५मा २० जना, कणर्ली प्रदेशमा ३ र सुदुरपश्चिममा १ जना गरी देशभर १४४ जनाको आइसियुमा उपचार भइरहेको छ । यसैगरी वागमती प्रदेशमा २२ जना र प्रदेश ५ मा १ जना गरी देशभर २३ जनाको भेण्टिलेटरमा उपाचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार नेपालमा १४ हजार ८ सय ६८ जना सक्रिय सङ्क्रमित छन् । यस्तै ५ हजार ३ सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.