पोखरा फुड्समा कार्यरत २५ जनासहित गण्डकीमा ६७ सङ्क्रमित थपिए - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 7 September 2020

पोखरा फुड्समा कार्यरत २५ जनासहित गण्डकीमा ६७ सङ्क्रमित थपिए

पोखरा, २२ भाद्र : पोखराको औद्यागिक क्षेत्रमा रहेको पोखरा फुड्स प्रा.लि. मा कार्यरत २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार विहान पोखरामा थप ३१ जनमा कोरोना संक्रमण पुष्टि भएका मध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुष रहेका छन ।

त्यसैगरी पोखरा महानगरपालिका, पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत चार जना मध्ये २६ र २३ बर्षका दुई जना महिला स्वास्थ्यकर्मी (स्टाफनर्स) रहेका छन भने ३६ र २७ बर्षका दुई जना महिला सहयोगी कर्मचारी रहेका स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यसैगरी पोखरा महानगरपालिकाको मेडीसिटी अस्पतालमा उपचाररत दुई जनामा पनि संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा थप ६७ जना कोरोना संक्रमित थपिएका छन् । कास्कीका ३१ जना, नवलपरासी पुर्वका १५ जना, गोरखाका १८ जना र तनहुँमा तीन जना रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५९८ पुगेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.