कोरोना सङ्क्रमणका कारण झापाका थप एक जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 23 September 2020

कोरोना सङ्क्रमणका कारण झापाका थप एक जनाको मृत्यु


सुरुङ्गा, ७ असाेज :
कोरोना सङ्क्रमणका कारण झापामा थप एक जनाको मृत्यु भएको छ । झापाको सदरमुकाम रहेको भद्रपुर–१० घर भएका कोरोना सङ्क्रमित ८६ वर्षीय बृद्ध पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा उपचारका क्रममा बिहान ५ः५० बजे वृद्धको मृत्यु भएको जानकारी प्राप्त भएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धलाई ३ गते उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको थियो ।

कोभिड–१९ को नियमअनुसार शव व्यवस्थापन गरिने भद्रपुर नगरपालिकाले जनाएको छ । योसँगै कोरोना संङ्क्रमणका कारण झापामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.