काठमाडौँ उपत्यकामा थप ३५४ मा सङ्क्रमणको पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 6 September 2020

काठमाडौँ उपत्यकामा थप ३५४ मा सङ्क्रमणको पुष्टि

काठमाडाैँ, २१ भदौ : काठमाडाैँ उपत्यकामा कोभिड–१९ का ३५४ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३५४ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडाैँमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ गरी कुल ३५४ जना सङ्क्रमित थपिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा दश हजार ३८२ जनाको आरटीपीसीआर परीक्षण गरिएकाृे मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी एक हजार ८१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म २८ हजार ९४१ जना कोरोनामुक्त भई घर फर्केका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.