पुलचोकमा ट्राफिक प्रहरीलाई हातपात गर्ने ६ जनामा सङ्क्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 7 September 2020

पुलचोकमा ट्राफिक प्रहरीलाई हातपात गर्ने ६ जनामा सङ्क्रमण

काठमाडौँ, २२ भदौ : ललितपुरको पुलचोकमा बिहीवार रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ परेका मध्ये ६ जनालाई कोरोना संक्रमण देखा परेको छ ।

उनीहरूमा कोरोना भाइरसको पुष्टि भएको जानकारी ललितपुर महानगरीय परिसरका डिएसपी सन्तोश तामाङले गोरखापत्र अनलाइनलाई दिनुभयो । विहीवार झडप हुँदा एक ट्राफिक प्रहरी घाइते हुनुभएको थियो ।

मत्यसेन्द्रनाथकाे रथ तान्ने क्रममा प्रहरीसँगकाे झडपमा डिउटीबाट माेटरसाइकालमा आउँदै गरेका ट्राफिक प्रहरीमाथि केही युवाले कुटपिट गरेकाे भिडियाे समाजिक सञ्जजालमा राखिए पछि त्यसकाे निकैआलाेचना भएकाे थियाे ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.