बाँकेमा वडा अध्यक्षसहित थप २ जना संक्रमितको उपचारका क्रममा मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 23 September 2020

बाँकेमा वडा अध्यक्षसहित थप २ जना संक्रमितको उपचारका क्रममा मृत्यु


नेपालगञ्ज,  ७ असोज :
कोरोना संक्रमणबाट गम्भीर भएर अस्पतालमा उपचार गराइरहनु भएका बर्दियाका एकजना वडा अध्यक्षसहित दुईजनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार बर्दिया ठाकुरबाबाका ६४ वर्षिय पुरुषको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पताल र बारबर्दिया नगरपालिका ३ का वडा अध्यक्ष ३९ वर्षिय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार ठाकुरबाबाका पुरुषको मृत्यु मंगलवार साँझ भएको थियो भने बारबर्दिया नगरपालिका ३ का वडा अध्यक्षको बुधवार विहान साढे १० बजे मृत्यु भएको हो ।

कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले निमोनियाबाट ग्रसीत भएका ति दुबै जनामा कोरोना संक्रमण देखिएको जनाउँदै उनिहरुको उपचारमा सबै विधि र प्रक्रिया अपनाईएपनि जोगाउन नसकिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार बारबर्दिया नगरपालिका ३, बानियाभारका ३९ वर्षिय वडा अध्यक्ष पुरुषको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गत भदौ २९ गते नेपालगञ्जको भेरी अस्पतालमा भर्ना गरीएको थियो ।

भेरी अस्पतालका अनुसार उनको उपचारका लागि ४ वटा भेन्टिलेटरको प्रयोग गरीएको थियो । उपचारकै क्रममा बुधबार बिहान १०ः३० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसअघि मंगलवार बेलुकी बर्दिया ठाकुरबाबाका ६४ वर्षिय बृद्धको कोरोनाका कारण मृत्यु भएको थियो । यो सँगै कोरोना कारण विभिन्न जिल्लाबाट उपचारकालागि बाँके आएर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

बाँकेका विभिन्न अस्पतालमा उपचारका क्रममा हालसम्म बर्दियाका ३, सुर्खेत, अछाम, कैलाली र अर्घाखाँचीका एक एक जना गरि ७ जना संक्रमितको मृत्यु भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.