वीरगंजमा थप २० जनामा कोरोना संक्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 1 September 2020

वीरगंजमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज, १६ भदौ : वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोशालामा पिसिआर र जिन एक्स्पर्ट प्रविधिबाट ४ सय १० जनाको परीक्षण गर्दा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालाले गएराती सार्बजनिक गरेको पीसीआर परिक्षणको रिपोर्ट अनुसार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये २ जनाको जिन एक्स्पर्ट प्रबिधीबाट परिक्षण गरिएको थियो । संक्रमित हुनेमा ३ महिला सहित १७ पुरुष रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिनुभयो ।

थपिएका सङ्क्रमितहरु २३ वर्षदेखि ६८ वर्ष उमेर समुहका रहेका छन् । जिन एक्स्पर्टबाट परिक्षण गरिएका संक्रमितहरुको नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार भईरहेको छ । संक्रमित हुनेहरुमा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ८ र १२ का दुइ÷दुई जना, महानगरपालीकाकै वडा नम्बर ११, १४, १६ र २५ का एक÷एक जनागरी ८ जना सङ्क्रमित थपिएका छन् भने भने बिन्दबासिनी गाउँपालिकाको वडा नम्बर २ का एक जना, कालिकामाई गाउँपालिका वडा नम्बर ५ का पाँच जना थपिएका छन् ।

त्यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ का एकजना २५ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको प्रबक्ता डाक्टर चौरसीयाले बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.