पाटन अस्पतालमा एक जना कोरोना सङ्क्रमितको ज्यान गयाे - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 11 September 2020

पाटन अस्पतालमा एक जना कोरोना सङ्क्रमितको ज्यान गयाे

ललितपुर, २६ भदौ : ललितपुरको पाटन अस्पतालमा काठमाडाैँका कोरोना सङ्क्रमित पुरुषको ज्यान गएको छ ।

गएको बुधबारदेखि उपचार गराइरहेका काठमाडाैँका ६३ वर्षका पुरुषको गएराति ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । 

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय १८ पुगेको छ । अहिलेसम्म ८ लाख १० हजारको कोरोना परीक्षण हुँदा ५० हजार ४ सय ६५ जनामा कोरोना पुष्टि भएको छ । 

जसमध्ये ३५ हजार ७ सय निको भएका र १४ हजार ४ सय ४८ जना आइसोलेशनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५ हजार ८ सय ६ जना भने क्वरेण्टीनमा बसेका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.