कोरोना सङ्क्रमणबाट बारामा थप एकको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 1 September 2020

कोरोना सङ्क्रमणबाट बारामा थप एकको मृत्यु

कलैया, १६ भदौ : कोरोना सङ्क्रमणबाट बारामा आज बिहान थप एक जनाको मृत्यु भएको छ । 

कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारको क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । 

ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वाब सङ्कलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनमा चार दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणबाट हालसम्म बारामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.