कोरोना संक्रमणबाट चितवन र पर्सामा १/१ जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 6 September 2020

कोरोना संक्रमणबाट चितवन र पर्सामा १/१ जनाको मृत्यु

चितवन, २१ भदौ : चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । यससँगै चितवन जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।

उता पर्साको वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्जबाट थप उपचारका लागि काठमाडौं लैजादै गर्दा एक जना ७७ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मृतक वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का ७७ वर्षीय पुरुष रहेका छन् ।

वृद्धमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रसाशकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो ।

योसँगै पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.