बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कारोना संक्रमितको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 25 September 2020

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कारोना संक्रमितको मृत्यु


धरान, ९ असाेज :
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोनाभाइरस संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा सप्तरीका ७० वर्षीय पुरुष र मोरङका ५५ वर्षीय पुरुष रहेको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिनुभयाे ।

सापकोटाका अनुसार सप्तरीको राजविराज ३ का पुरुषलाई ज्वरो, खोकी श्वासप्रश्वाशमा कठिनाइ र निमोनियाको लक्षण देखिनुका साथै कोरोनाभाइरसको संक्रमणपुष्टि भएपछि गजेन्द्र नारायणपिसंह अस्पताल राजविराजले रिफर गरेको थियो ।

गत २५ गते संक्रमण पुष्टि भएका उनमा अन्य दीर्घरोग बारे जानकारी नरहेको अस्पतालले जनाएको छ । उनको बिहीबार राति ११ बजे निधन भएको हो ।

यता, मोरङ कानेपोखरी १ का संक्रमितको पनि बिहीबार साँझ ८ः३० बजे निधन भएको थियो । विगतमा आन्द्राको क्यान्सर भएका उनको अन्य भागमा पनि क्यान्सर फैलिसकेको अवस्था थियो । उनको अपरेशन पश्चात उपचार भइरहेको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.