चितवनमा थप ३४ जनामा कोरोना सङ्क्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 11 September 2020

चितवनमा थप ३४ जनामा कोरोना सङ्क्रमण

चितवन, २६ भदौ : चितवनमा थप ३४ जनामा कोभिड–१९ कोरोना सङ्क्रमण भएको छ । भरतपुर अस्पतालको कोभिड प्रयोगशालाले शुक्रबार विहान सार्वजनिक गरेको सूचनामा १५६ को नमुना स्वावको परीक्षण गर्दा ३४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टी गरेको हो । प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीका अनुसार परीक्षणमा चितवनका ३१ र अन्य जिल्लाका ३ जनामा कोरोनासंक्रमण भएको छ ।

संक्रमण पुष्टि हुनेमा चितवनका सबै भरतपुर महानगरपालिकाका रहेका छन् । जसमध्ये २६ जना पुरुष र ५ जना महिला रहनुभएको छ । पुरुषहरु १२ वर्षीय बालकदेखि ५७ वर्ष उमेर समूहका हुनुहुन्छ । यस्तै महिलाहरु २४ देखि ५४ वर्ष उमेरको रहेको प्रयोगशाला प्रमुख चिकित्सक अधिकारीले जानकारी दिनुभयो । उहाहरु सबैको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

यसैगरि नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिला गरी दुई जनामा संक्रमण पुष्टि भएको छ । उहाँहरुले भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब दिनुभएको थियो ।

यस्तै पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । चितवनमा शुक्रबार विहानसम्म कुल संक्रमितको संख्या ११ सय नाघेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.