शिर मेमोरियल अस्पतालका १७ जनामा सङक्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 5 September 2020

शिर मेमोरियल अस्पतालका १७ जनामा सङक्रमण

काभ्रे, २० भदौ : बनेपा नगरपालिका वडा न ५ मा रहेको शिर मेमोरियल अस्पतालमा १७ जनामा सङक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत कर्मचारी, बिरामी र बिरामीका कुरुवामा सङक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. झाले शुक्रबार साँझ प्रादेशिक ल्याब धुलिखेलमा गरिएको परीक्षणमा १७ जनामा सङक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

पछिल्लो समय अस्पतालहरूमा सङक्रमणदर बढ्दो रहेको छ । बनेपा वडा न १३ भैँसेपाटीमा रहेको स्पाइनल इन्जुरी अस्पतालमा १०४, धुलिखेल अस्पतालमा ५० भन्दा बढीमा सङक्रमण पुष्टि भइसकेको छ ।

जिल्लामा थप १७ मा सङक्रमण पुष्टि भएसँगै सङक्रमितको सख्या २१७ पुगेको छ । शुक्रबार मात्रै २२ जना सङक्रमित भएका थिए । डा. झाले सङक्रमितको सम्पर्कमा रहेकाको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको जानकारी दिनुभयो । जिल्लामा सर्वसाधरण देखी स्वास्थ्यकर्मी, प्रहरी, जनप्रतिनिधि, बिरामी, सञ्चारकर्मी, कानुन व्यवसायी, कर्मचारी, वैदेशिक रोजगारीबाट फर्किएकामा सङ्क्रमण देखिएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.