प्रदेश १ मा कोरोनाबाट एकैदिन ४ को मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 5 September 2020

प्रदेश १ मा कोरोनाबाट एकैदिन ४ को मृत्यु

सुरुङ्गा, २० भदौ : प्रदेश नं.१ मा कोरोना सङ्क्रमणबाट एकैदिन ४ जनाको मृत्यु भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले दिएकाे जानकारी अनुसार मृत्यु हुनेहरु सबै मोरङ जिल्लाका हुन् ।

मृत्यु हुनेहरुमा मोरङको विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुष रहेको मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा शनिबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । 

५४ मा सङ्क्रमण पुष्टि
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ७ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको थियो । त्यसमध्ये ३१ पुरुष र २३ महिलामा सङक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनागरका १४ महिला र १४ पुरुष, पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १–१ पुरुष र जहदाकी १ महिला, सुनसरीको इटहरीका २ महिला र ६ पुरुष, धरानका ४ महिला र १ पुरुष, झापाको दमकका १ महिला र २ पुरुष, विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष, इलामको चुलाचुलीका १ पुरुष तथा प्रदेश १ बाहिरका १ महिलामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ७९ पुगेको छ ।

शनिबार प्रदेश १ मा १६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । उनीहरु सबै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन् । प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ८३५ पुगेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.