बारा, पर्सा र रौतहटका गरी थप १६ जना संक्रमित - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 10 September 2020

बारा, पर्सा र रौतहटका गरी थप १६ जना संक्रमित

पर्सा, २५ भदौ : बारा, पर्सा र रौतहटमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोशालामा पर्सा, बारा र रौतहटको विभिन्न स्थानबाट आएका २ सय ९० जनाको स्वाबका नमुनाहरुलाई परिक्षण गर्दा १६ जनाको पोजेटिभ आएको हो ।

पाँच महिलासहति कोभिड पोजेटिभ भएका मध्ये पर्सा र बाराका ७ / ७ जना रहेका छन् भने रौतहटका २ जना रहेका छन् । उनीहरुमा ६ वर्षीय बालकदेखि ७४ वर्षीय वृद्धा समेत रहेका छन् ।

पर्सामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० र ११ मा एक र एक जना संक्रमित थपिएका छन् भने वडा नम्बर १३ र १६ मा २/२ जना संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नबिल बैंकमा कार्यरत एकजना कर्मचारीमा पनि संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।

त्यसैगरि, बारा जिल्लाको कोल्भी नगरपालिकाको वडा नम्बर ६ मा एक जना, महागढीमाई नगरपालिका वडा नम्बर ९ का दुई जना र वडा नम्बर २, ३ र ८ का १/१ जना तथा बारा जिल्लाकै बगुवनमा एक जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जनाकारी दिनुभयो । रौतहटका दुवै संक्रमित गरुडा नगरपालिका वडा नम्बर ८ का बासिन्दा हुन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.