पाल्पामा २८ जना संक्रमित थपिए - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 10 September 2020

पाल्पामा २८ जना संक्रमित थपिए

पाल्पा, २५ भदौ : पाल्पामा एकैदिन थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा तानसेन नगरपालिकाका १६ जना, रम्भा गाउँपालिकाका ९ जना र पाल्पा अस्पतालमा उपचाररत ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा तानसेन नगरपालिकाका एक जना वडा अध्यक्ष तथा ३ जना वडा सदस्य र रम्भा गाउँपालिकाका एकजना वडाअध्यक्ष र १ जना वडा सदस्य गरी ६ जना जनप्रतिनिधि रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

तानसेन नगरपालिकाले समुदायका व्यक्तिको नमुना पीसीआर परिक्षणका क्रममा १६ जनामा संक्रमण देखिएको र जसमध्ये कोरोना संक्रमणबाट गत भदौ १२ गते मृत्यु भएकी तानसेन–८, पिपलडाँडाकी ३० वर्षीया महिलाका श्रीमानलाई पनि संक्रमण भएको सुचना अधिकारी पन्थीले बताउनुभयो ।

पाल्पामा हालसम्म ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ६० जना भन्दा बढी समुदायका रहेका छन भने कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.