पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 9 September 2020

पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

काठमाडाैँ, २४ भदौ : पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएकाे छ ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज ११ हजार १ सय ६७ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज संक्रमति हुनेमा ३ सय ३८ जना महिला र ७ सय ४३ जना पुरुष छन् । नेपालमा हालसम्म ७ लाख ९९ हजार ३ सय ४१ जनाको पीसीआर परीक्षण गरिएकोमा ४९ हजार २ सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा काठमाडौँमा ३९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ गरी काठमाण्डौ उपत्यकामा ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट आज ३ जना महिला र ३ जना पुरुष गरी ६ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा ५ जना, प्रदेश २ मा २४ जना, वागमती प्रदेशमा १०१ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा २० जना, कणर्ली प्रदेशमा ६ र सुदुरपश्चिममा १ जना गरी देशभर १६२ जनाको आइसियुमा उपचार भइरहेको छ । यसैगरी वागमती प्रदेशमा २१ जना र प्रदेश ५ मा १ जना गरी देशभर २२ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय १८ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज ९ सय १८ जना कोरोना संक्रमबाट मुक्त भएसँगै कोरोना संक्रबाट मुक्त भई घर फर्किनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, हाल, नेपालमा १५ हजार २५ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ५ हजार ४ सय ८० जना क्वरेण्टीनमा छन् ।


No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.