पछिल्लो २४ घण्टामा ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 6 September 2020

पछिल्लो २४ घण्टामा ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, २० भदौ : पछिल्लो २४ घण्टामा ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट १०  हजार ३  सय ८०  जनाको पिसिआर परीक्षण गरिएकोमा ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । आज संक्रमति हुनेमा २ सय ९० जना महिला र ६ सय ९० जना पुरुष छन् । नेपालमा हालसम्म ७ लाख ६८ हजार ३ सय ४५ जनाको पीसीआर परीक्षण गरिएकोमा ४६ हजार २ सय ५७ जनामा कोरोना भाइरस परीक्षणमा संक्रमित देखिएको न्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा काठमाडौँमा २९०, भक्तपुरमा ३२  र ललितपुरमा ३२ गरी ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसवीचमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको जानकारी दिइएको छ । आज मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा १ हजार ८ सय १४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या २८ हजार ९ सय ४१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार नेपालमा १७ हजार २७ जना सक्रिय सङ्क्रमित छन् । यस्तै ४ हजार ७ सय ३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.