पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 5 September 2020

पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, २० भदौ : पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट १२ हजार ४  सय ५३ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । आज संक्रमति हुनेमा ३ सय ४९ जना महिला र ६ सय ९२ जना पुरुष छन् । नेपालमा हालसम्म ७ लाख ५७ हजार ९ सय ६३ जनाको पीसीआर परीक्षण गरिएकोमा ४५ हजार २ सय ७७ जनामा कोरोना भाइरस परीक्षणमा संक्रमित देखिएको न्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा काठमाडौँमा ३२६, भक्तपुरमा ४५  र ललितपुरमा ३७ गरी ४०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसवीचमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको जानकारी दिइएको छ ।  यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ । मन्त्रालयका अनुसार देशभर १६७ जनाको आइसियुमा उपचार भइरहेको भने २४ जनाको भेण्टिलेटरमा उपाचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । 

स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा १ हजार ५ सय ६६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या २७ हजार १ सय २७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार नेपालमा १७ हजार ८ सय ७० जना सक्रिय सङ्क्रमित छन् । यस्तै ६ हजार ७ सय १ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.