पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 10 September 2020

पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

काठमाडाैँ, २५ भदौ : पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ८ सय १८ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।  

स्वास्थ्य मन्त्रालयमा अनुसार आज ११ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार २ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म ८ लाख १० हजार चार सय ८५ जनाको पीसीआर परीक्षण गरिएकोमा ५० हजार ४ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ८ सय १८ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आज १ हजार आठ सय १८ जना कोरोना संक्रमबाट मुक्त भएसँगै कोरोना संक्रबाट मुक्त भई घर फर्किनेको संख्या ३५ हजार सात सय पुगेको छ ।

आज कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे स‌ंख्या ३१७ पुगेकाे छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.