पछिल्लो २४ घण्टामा ९ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 8 September 2020

पछिल्लो २४ घण्टामा ९ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, २३ भदौ : पछिल्लो २४ घण्टामा ९ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।  नेपालमा हालसम्म ७ लाख ८८ हजार १ सय ७४ जनाको पीसीआर परीक्षण गरिएकोमा ४८ हजार १ सय ३८ जनामा कोरोना भाइरस परीक्षणमा संक्रमित देखिएको न्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको जानकारी दिइएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा २ हजार २ सय ८७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३२ हजार ९  सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार नेपालमा १४ हजार ८ सय ६८ जना सक्रिय सङ्क्रमित छन् । यस्तै ५  हजार ३  सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.