काठमाडौँ उपत्यकामा थप ७६७ जनामा कोरोना सङ्क्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 September 2020

काठमाडौँ उपत्यकामा थप ७६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, ४ असोज : काठमाडौँ उपत्यकामा आज थप सात सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार सङ्क्रमित हुनेहरुमा काठमाडौँमा छ सय दुई जना, ललितपुरमा ६४ जना र भक्तपुरमा एक सय एक जना गरी आज उपत्यकामा थप ७६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

त्यसैगरी आज देशभर चार सय ६९ जना महिला र आठ सय ५६ पुरुष गरी एक हजार तीन सय २५ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६४ हजार एक सय २२ पुगेको छ ।

त्यस्तै आज देशभर आज नौ सय ६६ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या ४६ हजार दुई सय ३३ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.