सुरुङ्गाकी कोरोना सङ्क्रमित महिलाको मृत्यु, प्रदेश नं १ मा १४३ जनामा काेराेना स‌ंक्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 6 September 2020

सुरुङ्गाकी कोरोना सङ्क्रमित महिलाको मृत्यु, प्रदेश नं १ मा १४३ जनामा काेराेना स‌ंक्रमण पुष्टि

सुरुङ्गा, २१ भदौ : कनकाई नगरपालिका-३ मा कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।

भदौ १५ गते पेट फुलेर उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर जानुभएकी उहाँ थप उपचारका लागि धरान घोपा पुग्नुभएको थियो । त्यहाँ उपचारका क्रममा उहाँको पीसीआर रिपाेर्ट पोजिटिभ आएको थियो । उपचारका क्रममा उहाँको आज मृत्यु भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुष्टि गर्नुभयो ।

यसैवीच झापा जिल्लामा आज थप २८ जनामा काेराेना स‌ंक्रमण पुष्टि भएकाे छ । आज संक्रमित हुनेमा १५ जना महिला र १३ जना पुरुष रहेकाे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।

प्रदेश नं १ काे पछिल्लाे विवरण अनुसार झापा जिल्लामा १५ जना महिला र १३ जना पुरुष, मोरंग जिल्लामा ९ जना महिला र २० जना पुरुष, सुनसरी जिल्लामा ६ जना महिला र ७२ जना पुरुष, संखुवासभा जिल्लामा ६ जना पुरुष, उदयपुर जिल्लामा १ जना पुरुष तथा प्रदेश नं २ की १ जना महिला गरी जम्मा १४३ जनामा पीसीआर परीक्षणको नतिजा पोजेटिभ पाइएको सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.