झापामा थप ३० जनामा काेराेना स‌ंक्रमण पुष्टि, कनकाई नगरपािलकाका ११ जनामा काेराेना स‌ंक्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 4 September 2020

झापामा थप ३० जनामा काेराेना स‌ंक्रमण पुष्टि, कनकाई नगरपािलकाका ११ जनामा काेराेना स‌ंक्रमण

सुरुङ्गा, १९ भदौ : झापा जिल्लामा पछिल्लो २४ घण्टामा ३० जनामा काेराेना स‌ंक्रमण पुष्टि भएकाे छ । कोरोना सङ्क्रमित हुनेमा ११ जना महिला र १९ जना पुरुष रहेकाे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको कनकाईका तीन महिला र आठ पुरुष गरी एघार जना रहेका छन् । यसैगरी दमकका तीन महिला र दुई पुरुष गरी पाँच जना रहेका छन् ।

उता मेचीनगरका चार पुरुष रहेकाे सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेकाे विवरणमा उल्लेख छ । यस्तै भद्रपुर र झापा गाउँपालिकाका तीन–तीन जना र कचनकवल र गौरीगञ्जका एक–एक जना पुरुष रहेकाे मन्त्रालयले जनाएकाे छ ।

झापामा हाल ५३ जना महिला र १२७ जना पुरुष गरी कुल १८० जना सकृय संक्रमित रहेका छन् । 

कुल ६३८ जनामा काेराेना भाइरसकाे रिपोर्ट पोजेटिभ आएकोमा ४ सय ५७ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । निकाे भएर घर फर्किनेमा ६८ जना महिला र ३ सय ८९ जना पुरुष रहेका छन् ।

विस्तृत विवरण तलकाे लिङ्कमा हेर्न सक्नुहुनेछ ।
प्रदेश नं. १ सरकारको आधिकारिक पोर्टल

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.