इटहरीका ८ जनामा कोरोना संक्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 5 September 2020

इटहरीका ८ जनामा कोरोना संक्रमण पुष्टि

इटहरी, २० भदौ : इटहरीमा शनिवार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या २ सय ३१ पुगेको छ ।

संक्रमित हुनेहरूमा स्थानीय एक टेलिभिजनका २४ वर्षिय पुरुष सञ्चारकर्मीसहित एक होटलमा कार्यरत ४० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी इटहरी ९ का १ जना २९ वर्षिया महिला, इटहरी १३ का १ जना ४१ वर्षिय पुरुष, शसस्त्र प्रहरी वल पकलीका ३ जना र कोशी अस्पतालमा जाँच गरेका इटहरी १७ का १ जना ४५ वर्षिय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । 

इटहरी उपमहानगर अन्तरगत स्वास्थ्य शाखाका अनुसार भदौ १५ गते अघि बेग्ला बेग्लै मितिमा गरिएको पिसिआर परिक्षणबाट प्राप्त रिपोर्ट अनुसार शनिबार बिहान ८ जना थपिएका हुन् । 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.